धादिङको जीवनपुरका दुई विद्यालयमा आँखा जाँच
काठमाडौं : धादिङको विकट जीवनपुरमा स्कुल स्क्रिनिङ कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौंस्थित प्रोफेसनल सपोर्ट सर्भिस नेपालको आयोजनामा भएको स्कुल स्क्रिनिङ कार्यक्रममा स्थानीय महेश धर्म सेकण्डरी स्कुल जीवनपुर र श्री दशरथचन्द सेकण्डरी स्कुल छत्रे देउरालीका विद्यार्थीहरूको आँखा जाँच गरिएको थियो।
कार्यक्रममा धेरै बालबालिकाको आँखामा समस्या देखिएको र चस्मा लगाउनुपर्ने अवस्था रहेको डा. सबिना श्रेष्ठले बताइन्।
स्कुल स्क्रिनिङ कार्यक्रमलाई एनपीओ हिकारी कनाटा फण्ड र एमातो फाउण्डेसनले सहयोग गरेको थियाे भने प्राविधिक सहयोग काठमाडौं मेडिकल कलेज सिनामंगलले गरेको थियो।







पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री