प्याड बनाउन सिक्दै किशाेरी
बाँके : महिनावारीलाई सुरक्षित व्यवस्थापन गर्न किशोरीलाई नेपालगञ्जमा प्याड बनाउन सिकाइएको छ। बाँके र बर्दियाका विभिन्न नगरपालिका र गाउँपालिकाका समुदायबाट सहभागी किशोरीलाई महिनावारीसम्बन्धी अभिमुखीकरणसहित प्याड बनाउन सिकाइएको हो।
भविष्यमा स्थानीयस्तरमा सस्तो मूल्यमा प्याड किन्नसक्ने अवस्था सिर्जना गर्न स्थानीय किशोरीलाई सीप प्रदान गरिएको गेरुवाका टोली प्रमुख केशव राणाले बताए। महिनावारीलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न नसकेकै कारण बाँके र बर्दियामा अहिले पनि किशोरी विद्यालय छाड्न बाध्य रहेको उनले बताए।
विद्यालयस्तरमा समेत महिनावारी स्वच्छता व्यवस्थापनका लागि सहज वातावरण नहुँदा महीनामा करिब पाँचदेखि सात दिनसम्म किशोरीको अध्ययनमा बाधा पुग्ने गरेको उनको भनाइ छ।
महिला तथा बालबालिका कार्यालय बाँकेकी प्रमुख प्रज्ञा निरौलाले स्थानीयस्तरमा आर्थिक समस्याका कारण हुने असुरक्षित महिनावारी व्यवस्थापन गर्न यसले सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य