स्वास्थ्यसचिवमा अधिकारीकाे नियुक्तिप्रति सरकारी चिकित्सककाे पनि विराेध
काठमाडौं : सरकारी चिकित्सक संघले सरकारले स्वास्थ्य सेवा ऐनको मर्मलाई लत्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा स्वास्थ्यसम्बन्धी ज्ञान र अनुभव नै नभएका व्यक्तिलाई ल्याएको भन्दै विरोध जनाएको छ।
‘मन्त्रालयमा स्वास्थ्यको क्षेत्रमा आजीवन अनुभव भएका कुशल सचिव हुनयोग्य स्वास्थ्यकर्मी हुँदाहुँदै पनि राजनीतिक भागबण्डाका आधारमा सचिव नियुक्त गरिएको भन्दै संघले विरोध जनाएको हो। संघले सोमबार विज्ञप्ति जारी गरी स्वास्थ्य मन्त्रालयमा गैर स्वास्थ्यकर्मीको नियुक्तिको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ।
‘स्वास्थ्य मन्त्रालयमा गैर स्वास्थ्यकर्मीको नियुक्तिको निर्णय तत्काल फिर्ता लिएर स्वास्थ्य सेवा ऐनको पालना तथा स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न यो संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ’, अध्यक्ष डा. दिपेन्द्र अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सो नगरिए देशभरि नै आन्दोलनका थप कडा एवं संघर्षका निर्णायक कदमहरू चालिने भनी सम्बन्धित सबैलाई यो संघ सचेत गराउँदछ।’
हेर्नुहाेस् विज्ञप्ति–






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?