स्थानीय तहमा एम्बुलेन्स छैन, जनप्रतिनिधिलार्इ महङ्गा गाडी
बाँके : जिल्लाका आठमध्ये सात स्थानीय तह एम्बुलेन्स छैनन्। एम्बुलेन्स भएकाे गाउँपालिकामा उपयुक्त सडक नहुँदा नियमित सञ्चालनमा आउन सकेको छैन ।
अधिकांश गाउँपालिकाका गाउँमा अझै पनि भरपर्दो उपचार सुविधा छैन। विशेषज्ञ चिकित्सकको सेवा लिन वा गम्भीर बिरामीलाई अस्पताल भर्ना गर्न सदरमुकाम वा शहरी क्षेत्रमा लैजानुपर्ने बाध्यता छ तर करीब दुई वर्षअघि चुनिएका जनप्रतिनिधिले स्थानीय तहको बजेटमा आफ्ना लागि भने महङ्गा गाडी किनेकाे पाइएको छ।
जिल्लामा भएका एम्बुलेन्सले सुविधा दिनुभन्दा सेवाका नाममा बिरामीलाई आफू अनुकूलका अस्पतालमा पुर्याएर कमिसन खाने गरेको गुनासाे अाएकाे छ। नेपालगञ्जबाट भारतमा पठाइएका बिरामीलाई आफ्नो अनुकूलका अस्पतालमा पुर्याएर एम्बुलेन्स चालक र सञ्चालक समेतले कमिसन खाने गरेको खुलेको छ।
नागरिकको गुनासो आएका कारण अब यस्ता एम्बुलेन्सको निगरानी गरेर उनीहरूलाई कारवाहीको दायरामा ल्याउने तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत रामबहादुर चन्दले बताए।
जिल्ला एम्बुलेन्स सञ्चालक समितिले विभिन्न सङ्घसंस्थाले समितिले तोकेको मापदण्ड पूरा गरी सञ्चालन गरेका ११ वटा एम्बुलेन्सलाई सञ्चालन अनुमतिपत्र दिइएको छ। तीबाहेक अन्य एम्बुलेन्स अब निगरानी गरिने जनाइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण