स्वास्थ्यसचिव अधिकारीले सम्हाले कार्यभार
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले कार्यभार सम्हालेका छन्।
सोमबार बिहान कार्यभार सम्हाल्दै सचिव अधिकारीले मन्त्रालयमा रहेका कर्मचारीहरूको योग्यता र क्षमता उपयोग गर्दै अघि बढ्ने बताए। ‘सरकारको नीति तथा कार्यक्रमअनुरुप अगाडि बढ्न सबैले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु’, उनले भने। उनले नेपाल चिकित्सक संघलगायतकाे मागका विषयमा अध्ययन गरी अघि बढ्ने बताए।
अधिकारीलाई निमित्त सचिव डा. सुशीलनाथ प्याकुरेलले स्वागत गरेका थिए। सचिव अधिकारीले यसअघि सहसचिवका रूपमा दुई वर्ष स्वास्थ्य मन्त्रालयमा काम गरिसकेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण