सांसदले दिए स्थानीय तहलाई पाँच एम्बुलेन्स
चरिकोट : सङ्घीय सांसद जिपछिरिङ लामाले दोलखाको पाँच स्थानीय तहलाई पाँच वटा एम्बुलेन्स हस्तान्तरण गरेका छन्।
लामाले दोलखाको तामाकोशी गाउँपालिका–३ जफे, कालीञ्चोक गाउँपालिका–९, जिरी नगरपालिका–१, मेलुङ गाउँपालिका–६ र विगु गाउँपालिकको स्वामित्वमा सञ्चालन हुने गरी एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।।
ग्रामीण क्षेत्रमा एम्बुलेन्स नभएकै कारण कतिपय बिरामी अस्तपालसम्म पुग्न नसकी मृत्यु हुने गरेको समाचार आउने गरेकोले त्यस्ता समस्या नभई बिरामीलाई सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरेको सांसद लामाले बताए।
आफू सांसद भएपछिको तलब भत्ता खर्च गरी एम्बुलेन्स खरीद गरेको उनले जानकारी दिए।
लामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधसभा सदस्य हुन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?