Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य मन्त्रालयमा तीन सचिव, कर्मचारी अन्याेलमा

स्वास्थ्य मन्त्रालयमा तीन सचिव, कर्मचारी अन्याेलमा

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तीन जना सचिव पुगेका छन्। सरकारले आइतबार केदारबहादुर अधिकारीलाई सचिवमा सरुवा गरेसँगैै मन्त्रालयमा तीन सचिव भएका हुन्।

प्रधानमन्त्री कार्यालयमा रहेका अधिकारीलाई गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सचिवको जिम्मेवारी दिएको हो।

यसअघिकी सचिव पुष्पा चौधरीलाई सरकारले असोज २८ गते प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो। त्यसको विरोधस्वरुप उनले सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन्। अदालतले उनको सरुवा तत्काल नगर्न आदेश दिएलगत्तै उनी सचिवकै रुपमा मन्त्रालय गइरहेकी छिन्।

सचिव चौधरीसँग मतभेद बढेपछि स्वास्थ्यमन्त्री उपेन्द्र यादवले एक महिनाअघि १२औं तहका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेललाई निमित्त सचिवको जिम्मेवारी दिएका थिए। हाल मन्त्रालयका सम्पूर्ण काम डा. प्याकुरेलले नै सम्हालेका छन्।

स्वास्थ्य मन्त्रालयमा आइतबारसमम पनि सचिवको ‘नेमप्लेट’ मा डा.पुष्पा चौधरीको नाम नै कायम छ। मन्त्रालयको वेबसाइटमा भने डा. सुशीलनाथ प्याकुरलेको नाम राखिएको छ। प्रधानमन्त्री कार्यालयको वेबसाइटमा सचिवहरूको सूचीमा ‘स्वास्थ्य सचिव पुष्पा चौधरी’ उल्लेख छ।

मन्त्रालयमा तीन सचिव पुगेसँगै कर्मचारी अन्योलमा परेका छन्। उनीहरु अब कसलाई सचिव मान्ने भन्दै कानेखुशी गरिरहेका छन्।

स्वास्थ्य सेवा ऐन अनुसार चिकित्सक नै सचिव हुनुपर्ने भए पनि सरकारले प्रशासनतर्फबाट सचिव बनाउने निर्णय गरेपछि अन्योल भएको एक कर्मचारीले बताए । ‘सरकारले आफैँले बनाएको नियम कसरी मिच्न सक्छ?’स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक डा. लक्ष्मीराज पाठकले भने, ‘कि ऐन खारेज गर्नुपर्यो, कि नियम मान्नुपर्यो।’

यता नेपाल चिकित्सक संघले प्रशासनतर्फका सचिव मान्य नहुने प्रतिक्रिया दिएको छ। यद्यपि नयाँ सचिव आएको बारेमा आधिकारिक जानकारी पाएपछि मात्र ठोस निर्णय लिने अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले बताए।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि