रूघाखाेकी लाग्याे? अपनाउनुस् घरेलु यी उपाय
मंसिरकाे उत्तरार्धतिर लाग्दै गर्दा चिसाे ह्वात्तै बढेकाे छ। एकातlर बढ्दाे चिसाे अर्कातिर काठमाडाैं उपत्यकालगायत शहरी भेगमा प्रदूषणकाे मार। यस्तो प्रतिकुलतामा रुघाखोकीले समाउन सक्छ।
बुढाबुढी, रोगी, बालबालिकालाई रुघाखोकीले निकै दुःख दिन्छ, वयस्क एवं युवायुवतीकाे दैनिक कामव्यवहारमा असर पुर्याउँछ। रुघाखोकी लाग्नसाथ हामी औषधी पसलमा गएर औषधी खरिद गर्छौँ। याे गलत हाे। घरमै भएका वस्तुबाट बनेका औषधिले रुघाखोकी निको हुन्छ।
सामान्य अवस्थामा रुघाखोकी लागेमा त्यसलाई ख्याल गरेर घरेलु उपचार गर्ने हो भने केहि दिनभित्र ठीक हुन्छ तर, अझै धेरै दिनसम्म सताउन छोडेन भने चिकित्सकको सल्लाह लिनुपर्छ।
रुघाखोकी लागेका वेला पर्याप्त आराम गर्नुपर्छ। पर्याप्त तातो वा मनतातो पानी पिउनुपर्छ। अझ कागती र मह घोलेको पानी पिउनुभयो भने आराम मिल्छ। घरमै पाइने यी वस्तुकाे प्रयाेगले रूघाखाेकी निकाे पार्न सकिन्छ–
बेसार
रुघाखोकीबाट राहत पाउन एक गिलास तातो दूधमा एक चम्चा बेसार मिसाएर पिउनुहोस्। यसको साथै सुकेको हलेदोलाई पोलेर त्यसको धुँवा सुँघेमा पनि रुखाखोकी ठिक हुन्छ।
अदुवा
अदुवाको रस महमा मिसाएर खाएमा पनि खोकी दूर हुन्छ।
तुलसी
तुलसीको चार पाँच पत्ता तुलसी चपाउनाले घाँटीको खसखस र खोकीबाट राहत मिल्छ। यसलाई चिया वा तातोपानीमा उमालेर पनि पिउन सकिन्छ।
अलैँची
अलैँचीलाई चियामा उमालेर पिउनाले रुघाखोकी ठिक गर्छ। अलैँचीको दानालाई रुमालमा बेरेर सुँघ्नाले रुघाबाट आराम मिल्छ।
हर्बल चिया
टाउको दुख्ने, खोकी, ज्वरो, रुघा जस्ता समस्या देखिएमा हर्बल चिया पिउनुहोस्। यसले शरीरलाई गरम राख्छ र रोगबाट बचाँउछ।
रुघाखोकी लागेका वेला तातोपानीको बाफ लिने, तातो पानी पिउने, तातो र रसिलाे खानेकुरा खाने गर्नुपर्छ।



व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य