निःशुल्क औषधि छैन स्वास्थ्यचौकीमा
४२ प्रकारका औषधि दिँदै आएकाे स्वास्थ्यचौकीमा अहिले एउटा मात्र
हुम्ला : मध्य सर्केगाड गाउँपालिका–२ रिप गाउँमा रहेको स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ। बिरामीलाई ४२ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएकाे रिप स्वास्थ्यचौकीमा एउटा एन्टिबायोटिक बाहेक अरु औषधि नभएको स्वास्थ्य प्रमुख सुदर्शन बमले बताए।
गाउँपालिकाले औषधिका लागि बजेट नछुट्याएकाले स्वास्थ्यचौकी अन्योलमा परेको गाउँपालिका–२ का अध्यक्ष विशे महताराले बताए। बजेट पर्याप्त नहुँदा औषधि हालसम्म आइपुगेको छैन साथै गाउँपालिकाले पनि बजेट विनियोजन नगरेकाले औषधि अभाव भएको छ’, स्वास्थ्य प्रमुख बमले भने।
स्वास्थ्य स्वास्थ्यौकीमा औषधि नहुँदा दैनिक उपचार गर्न आउने आठ देखि १० बिरामीलाई फिर्ता पठाउने गरेको उनको भनाइ छ । स्वास्थ्यचौकीका लागि गाउँपालिकाले नै बजेटको व्यवस्था नगर्ने भनेपछि वडाले औषधिका लागि बजेट नछुट्याएको वडाध्यक्ष महताराले बताए। स्वास्थ्यचौकीमा औषधि नहुँदा गाउँपालिका–२ का स्थानीयवासी मारमा परेका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य