बनेनन् बैतडीका १५ वडामा स्वास्थ्यचौकी
बैतडी : जिल्लाका १५ वटा वडामा अझै स्वास्थ्यचौकी बन्न सकेका छैनन्। नयाँ संरचनाअनुसार बैतडीमा ८४ वटा वडा भएपछि सबै वडामा स्वास्थ्य सेवा पुर्याउन कठिन भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
साविकका ६८ गाविसमा भए पनि बाँकी १५ ओटामा स्वास्थ्यसंस्था नभएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदीशचन्द्र विष्टले जानकारी दिए। स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न समस्या भएको जनाएको छ।
नयाँ संरचनाअनुसार कुनै वडामा दुई स्वास्थ्यचौकी समेत परेका छन्। सरकारले स्वास्थ्यसेवा स्थानीय तहबाटै उपलब्ध गराउने भने पनि सरकारले प्रदान गर्ने निःशुल्क सेवा समेत उपभोग गर्न नपाएको स्थानीय बासिन्दाको गुनासो छ।
आफ्नो वडा स्वास्थ्यचौकी नहुँदा वडावासीले अन्यत्रबाट स्वास्थ्य सेवा लिनुपरेको छ। भौगोलिक विकटताका कारण पनि स्वस्थ्य संस्थामा पुग्न नसक्ने र स्वास्थ्य चौकी पायक पर्ने ठाउँमा नहुँदा महिलाहरू घरमै बच्चा जन्माउन बाध्य भएको स्थानीय बासिन्दाकाे गुनासाे छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?