अधिकारी स्वास्थ्यसचिव नियुक्त
काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारी नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका अधिकारीलाई गत सोमबारको मन्त्रिपरिषद बैठकले स्वास्थ्यको जिम्मेवारी दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको बैठकले यसअघि २८ असोजमा स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको थियो।
त्यससँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेललाई निमित्त सचिवको जिम्मेवारी दिइएकाे थियाे।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?