पाल्पामा स्वास्थ्य बिमा गराउने एक लाख एघार हजार पुगे
पाल्पा : जिल्लामा अहिले स्वास्थ्य बिमा गर्नेको उत्साह बढ्दो छ। सामाजिक सुरक्षा विकास समितिले २०७३ देखि शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जिल्लामा एक लाख एघार हजार २५० जना आबद्ध छन्।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार ५१ हजार ८७० पुरुष र ५९ हजार ३८० महिलाले स्वास्थ्य बिमा गराएका छन्। गएको असार मसान्तसम्म दुई हजार ५०० नागरिकले स्वास्थ्य बिमा गराएका थिए भने साउनबाट यही मङ्सिर १ गते सम्म २८ हजार ८५० जना नयाँ थपिएका छन्। जिल्लामा पाँच हजार ५४२ घरपरिवारले स्वास्थ्य बिमामा नाम दर्ता गराएका छन्
आर्थिकरूपमा विपन्न र गरिब समुदायका बिरामी तथा रोगीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमबाट यहाँका नागरिकले औषधि उपचारमा ठूलो राहत पुगेको महसुस गरेका छन्।
रामपुर अस्पतालमा पनि अहिले स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि उपचार गर्न आउने बिरामीको घुइँचाे छ। यहाँ दैनिक २५० हाराहारीमा बिरामी औषधि उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिनेश झाले जानकारी दिए।







पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री