पाल्पामा स्वास्थ्य बिमा गराउने एक लाख एघार हजार पुगे
पाल्पा : जिल्लामा अहिले स्वास्थ्य बिमा गर्नेको उत्साह बढ्दो छ। सामाजिक सुरक्षा विकास समितिले २०७३ देखि शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जिल्लामा एक लाख एघार हजार २५० जना आबद्ध छन्।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार ५१ हजार ८७० पुरुष र ५९ हजार ३८० महिलाले स्वास्थ्य बिमा गराएका छन्। गएको असार मसान्तसम्म दुई हजार ५०० नागरिकले स्वास्थ्य बिमा गराएका थिए भने साउनबाट यही मङ्सिर १ गते सम्म २८ हजार ८५० जना नयाँ थपिएका छन्। जिल्लामा पाँच हजार ५४२ घरपरिवारले स्वास्थ्य बिमामा नाम दर्ता गराएका छन्
आर्थिकरूपमा विपन्न र गरिब समुदायका बिरामी तथा रोगीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमबाट यहाँका नागरिकले औषधि उपचारमा ठूलो राहत पुगेको महसुस गरेका छन्।
रामपुर अस्पतालमा पनि अहिले स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि उपचार गर्न आउने बिरामीको घुइँचाे छ। यहाँ दैनिक २५० हाराहारीमा बिरामी औषधि उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिनेश झाले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?