बालबालिकामा हुने दृष्टिदोषबारे जानकारी दिन ‘गीत गाउने रुख’
काठमाडौं : बालबालिकामा दृष्टिदोषका कारणबाट आउने समस्याबारे जानकारी दिन ‘गीत गाउने रुख’ शीर्षकको पुस्तक सार्वजनिक भएको छ। अर्विस इन्टरनेसनलले काठमाडाैंमा कार्यक्रम गरी कथा पुस्तक सार्वजनिक गरेकाे हाे।
नेपाल नेत्रज्योति संघ र अर्विसद्वारा सञ्चालित विद्यालय तह आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत दृष्टिदोष र त्यसको सजिलै पहिचान र उपचारका लागि जनचेतना जगाउन पुस्तक प्रकाशनमा ल्याएको जानकारी दिइएको छ। अर्विसद्वारा प्रकाशित उक्त पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा छ। पुस्तक केननेथ योगस्टेले लेखेका हुन्।
‘गीत गाउने रुख’लाई नेपालका पाँच लाख बालबालिकाको आँखाजाँच र दृष्टिदोषको उपचारका लागि ‘रिच रिफ्रेक्टिभ इरर’ कार्यक्रमको एक अंगको रूपमा लिएकोअर्विसले जनाएको छ।
संसारभर विद्यालय जाने उमेरका बालबालिकामध्ये ८० प्रतिशतमा दृष्टिदोष रहेको अर्विसको दाबी छ। यो समस्या पत्ता लगाई साधारण परीक्षणपछि एकजोर चस्माले समाधान गर्न सकिन्छ भन्ने सन्देश दिन यो पुस्तक प्रकाशन गरेको जनाइएको छ।
पुस्तक निःशुल्क वितरण गरिने जनाइएको छ। पुस्तक यसअघि भारत, दक्षिण अफ्रिका र क्यामरुनलगायत मुलुकका स्थानीय भाषामा प्रकाशन भइसकेको अर्विसले बताएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य