अाैषधि खानै मान्दैनन् एचआर्इभी सङ्क्रमित
डोटी : पूर्वीचौकी गाउँपालिकाकी धनसरा (नाम परिवर्तन) २०६३ सालदेखि एचआर्इभी सङ्क्रमितहरूले सेवन गर्ने एआरटी प्रयोगकर्ता भए पनि केही महीनादेखि औषधि सेवन छाडेकी छिन्। उनी आफ्नो रोग निको भइसकेकाले अब सँधै औषधि खाइरहनु नपर्ने भन्दै एआरटी नखाने बताउँछिन्।
एआरटी सेवन गर्न छाडेपछि धनसरालाई अन्य रोगको सङ्क्रमण हुन थालेको छ। उनीजस्तै अन्य सङ्क्रमितले पनि औषधि सेवन गर्न आनाकानी गर्दै आएका छन्। औषधि सेवन गर्दागर्दै कैयौँ सङ्क्रमितको मृत्यु भएका कारण पनि औषधि खाएर केही राम्रो हुँदैन भन्ने नकारात्मक सन्देश गएकाे चिकित्सकहरू बताउँछन्।
पछिल्लो समयमा यस्तो समस्या देखिएको डोटी जिल्ला अस्पतालका डा. गिरीश अवस्थी बताउँछन्। ‘लगातार औषधि खाएपछि कमजोर भइन्छ भन्ने मानसिकता रहेको पाइयो’, उनले भने। सङ्क्रमितलाई एआरटीको महत्त्वबारे जानकारी नभएका कारण बीचमै सेवन गर्न छाड्ने बताउँछन्, अस्पतालका मेडिकल सुपरिडेण्टेण्ट डा. भूषण मिश्र ।
जिल्लामा एआरटी सेवन गरिरहेकामध्ये २३ सम्पर्कविहीन रहेको जिल्ला अस्पतालको एआरटी शाखाका प्राविधिक कमल रेग्मीले जानकारी दिए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य