दन्त शिविरमा ४०० को उपचार
खोटाङ : रावाबेंसी गाउँपालिकाको कुभिण्डेमा आयोजित तीनदिने निःशुल्क दन्त शिविरमा करिब ४०० जनाको उपचार गरिएको छ। गाउँपालिकाको व्यवस्थापन तथा पूर्वाञ्चल डेण्टल हस्पिटल प्रालि विराटनगरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरको दोस्रो दिन बुधबारसम्ममा ३८८ जनाको उपचार गरिएको हो।
गाउँपालिकालाई थोते दाँतमुक्त गाँउपालिका बनाउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा नयाँ दाँत लगाउने, दाँतको उपचार गराउने, परीक्षण गराउने र औषधि लिनेको भीड लागेको रावाबेशी गाँउपालिकाका प्रमुख लिला निरौलाले बताए।
शिविरमा नयाँ दाँत हाल्ने, उपचार गराउने, परीक्षण गराउने र औषधि लिनेको भीड लागेको व्यवस्थापन समितिले जनाएको छ। एम डी एच् मीरा आचार्यको नेतत्वमा आएको नौ जनाको चिकित्सक टोलीले मंगलबार ४७ र बुधबार ७७ जना थोते वृद्धवृद्धालाई नयाँ दाँत लगाइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?