नर्स नहुँदा जिल्ला अस्पतालमा प्रसूति सेवा ठप्प
बैतडी : एक महिनादेखि नर्स नहुँदा जिल्ला अस्पतालमा प्रसूति सेवा प्रभावित भएको छ। चार जना स्टाफ नर्सको दरबन्दी भएको जिल्ला अस्पताल अहिले नर्सविहीन छ।
अस्पतालमा नर्स नहुँदा प्रसूति सेवा प्रभावित भएको अस्पतालका प्रमुख डा. जगदीशचन्द्र विष्टले बताए। जटिल खालको प्रसूति सेवा दिन स्टाफ नर्स आवश्यकता पर्छ। ‘गर्भवतीको अल्ट्रासाउण्ड सेवासमेत ठप्प भएको छ’, उनले भने। जिल्ला अस्पतालमा जटिलतायुक्त प्रसूति सेवा नर्सको अभावमा प्रभावित भएको छ।
‘शल्यक्रिया गर्न चिकित्सकलाई सहयोगीका रूपमा स्टाफ नर्सको आवश्यकता पर्छ’, उनले भने, ‘जटिल खालका बिरामी आउँदा उपचार गर्न गाह्रो छ।’ डा. विष्ट अस्पतालमा नभएको बेला अल्ट्रासाउण्ड सेवा ठप्प हुन्छ। जिल्ला अस्पतालमा तीन चिकित्सकको दरबन्दी छ। हाल एक जना मात्र कार्यरत छन्।
अस्पतालमा जटिलतायुक्त प्रसूति सेवा लिनका लागि छिमेकी जिल्ला दार्चुलाका विभिन्न ठाउँका सेवाग्राहीसमेत आउने गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र पाटन र मेलौलीमा समेत स्टाफ नर्सको दरबन्दी रिक्त छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?