शिशु जन्माउन नसकेर स्वास्थ्यचौकीमै गर्भवतीको मृत्यु
उदयपुर : जिल्लाको बेलका नगरपालिका ६ मा शिशु जन्माउन नसक्दा स्वास्थ्यचौकीमै गर्भवतीको मृत्यु भएको छ।
नगरपालिकास्थित रामपुर स्वास्थ्यचौकीमा बेलका ६ की १९ वर्षीया सम्झना राईको मृत्यु भएको हो।
जटिल प्रकारको प्रसूतिसेवा नभएकै कारण गर्भवती राईको अस्पतालमा मृत्यु भएको बेलकाकी उपप्रमुख राजकुमारी चौधरीले जानकारी दिइन्।
मुटुको समस्या भएकी सम्झनाको उपचारमा परिवारले हेलचेक्र्याइँ गर्दा आमा र बच्चा दुवैको ज्यान गएको बताइएको छ। स्वास्थ्यकर्मीको सल्लाहअनुसार धरान वा विराटनगरस्थित सुविधासम्पन्न प्रसूति अस्पताल नलगेकै कारण बिरामीको मृत्यु भएको स्वास्थ्यचौकीले जनाएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य