सम्झना ल्याबोरेटरी क्लिनिकको आयोजनामा नि:शुल्क स्वास्थ्य परिक्षण अभियान
काठमाडौं: ‘बिरामी हुनुभन्दा अगावै स्वास्थ्य परीक्षण गरौं’ भन्ने नाराका साथ पाटनको सम्झना ल्याबोरेटरी क्लिनिकको आयोजनामा २० दिने स्वास्थ्य परिक्षण अभियान आइतबार सुरु भएको छ ।
ललितपुर महानगरपालिकाकी उपमेयर गिता सन्त्यालले ललितपुर मंगलबजारस्थित सम्झना ल्याबोरेटरी परिसरमा आयोजित कार्यक्रममा परिक्षणको शुभारम्भ गरिन् । क्लिनिकका अध्यक्ष उर्दिप जोशीले स्वास्थ्य सम्बन्धि सोचमा परिवर्तन आवश्यक रहेकोले बिरामी हुनुभन्दा पहिला नै स्वास्थ्य परिक्षण गर्नु उपयुक्त हुने सन्देश दिनका लागि परिक्षण अभियान सुरु गरेको बताए ।
२० दिने अभियानमा ५ हजार जनालाई नि:शुल्क परिक्षण सेवा दिने लक्ष्य रहेको उनले जानकारी दिए । सम्झनाले एक दशकअघि पिसाब जँँचाउ मृगौला बचाउ भन्ने नाराका साथ अभियान चलाएको स्मरण गर्दै त्यसैको निरन्तरताका रुपमा स्वास्थ्य परिक्षण सुरु गरेको जानकारी दिए । यो २० दिने अभियानमा सम्झनाले थाइराइड जाँच, ब्लड सुगर, डाइबेटिज भएकाकाे आँखा जाँच लगायतका सेवा नि :शुल्क गर्नेछ ।
त्यस्तै होल बडी प्याकेज चेक अपमा पनि ५० प्रतिशत छुट दिने बताइएको छ । त्यस्तै ललितपुर महानगरपालिकाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक, अपांगता भएका
, क्यान्सरका बिरामी, अंग प्रत्यारोपण र डाएलाइसिस बिरामीलाई ल्याब परिक्षणमा ५० प्रतिशत छुट दिने जनाइएको छ ।
सोही अवसरमा २०३५ सालमा सम्झना ल्याबोरेटरी स्थापना गर्ने मध्येकी एक श्यामादेवी जोशीलाई सम्मान गरिएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण