सैनिक र स्थानीय बासिन्दाबीच सम्बन्ध सुदृढ बनाउन स्वास्थ्य शिविर
बेझाड : पाल्पाको माथागढी गाउँपालिका– ५ को हात्तीलुङमा सञ्चालन भएको स्वास्थ्य परीक्षण शिविरमा २४० जनाले सेवा लिएका छन्। शिविरमा १४५ महिला, ७८ पुरुष र १७ बालबालिकाले सेवा लिएका हुन्।
शिविरमा क्याप्टेन डा. विजयप्रकाश श्रीवास्तव र डा. झपिन्द्र ढकालसहितको टोलीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा दिएका हुन्। सैनिक र सर्रवसाधारबीच सम्बन्ध सुदृढ गर्ने उद्देश्यले नेपाली सेना गोरखदल गण पाल्पाले गाउँपालिकाको व्यवस्थापन र समन्वयमा शिविर आयोजना गरेको हो।
शिविरमा मुटु, मधुमेह, पेटसम्बन्धी उपचार गरिनुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको छ। ग्रामीण क्षेत्रका सर्वसाधारणलार्इ सहज स्वास्थ्य सेवा दिन शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष सन्तोष थापामगरले बताए।







पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री