कर्मचारीलाई कम्पनीले गर्भपतन गर्न आदेश दिएपछि…
चाइनाः चीनको एक निजी कम्पनीले आफ्ना गर्भवती कर्मचारीलाई गर्भपतन गराउन भनेपछि कम्पनीमा पूरै सन्नाटा छाएको छ । शिजाजुआंग प्रान्तस्थित एउटा बैंकले गर्भवती भएका आफ्ना महिला कर्मचारीलाई तत्कालै गर्भपतन नगरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएको खबर बाहिर आएको छ ।
गर्भवती हुनु अगाडि कम्पनी व्यवस्थापनलाई पूर्व जानकारी नगराएको भन्दै उक्त बैंकले गर्भवती महिला कर्मचारीलाई यस्तो चेतावनी दिएको हो ।
उक्त बैंकले जनाए अनुसार सबै महिला कर्मचारीहरुले वर्षको सुरुमा एउटा फारम भर्नुपर्दछ । उक्त फारममा यस वर्ष गर्भाधारण गर्ने योजना भए–नभएको खुलाउनु पर्दछ र गर्भाधारणको योजना भएमा सोही व्यहोरा खुलाएर फाराम स्वीकृत गराउनु पर्दछ । महिला कर्मचारीले साे नियमकाे पालना नगरेकाे अाराेप बैंककाे छ ।
एजेन्सीकाे सहयाेगमा





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?