नेपाल नेत्रज्योति संघ र जनता बैंकबीच सम्झौता
काठमाडौंः नेपाल नेत्रज्योति संघ र जनता बैंकबीच निःशुल्क आँखा शिविर गर्ने सम्बन्धि सम्झौता भएको छ ।
उक्त सम्झौतामा संघका तर्फबाट अध्यक्ष प्रा.डा.तीर्थप्रसाद मिश्र तथा जनता बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौतापछि यस आर्थिक वर्षमा देशका दुर्गम जिल्ला रोल्पा, हुम्ला लगायतका स्थानमा जनता बैंक र संघले विपन्न समूदायलाई लक्षित गरी निःशुल्क आँखा शिविर सन्चालन गर्नेछन्।
शिविरमा आँखाको मोतियाबिन्दुको शल्यक्रिया एवम आवश्यक औषधि र चस्मासमेत वितरण गरिने संघले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?