विद्यार्थी ढल्न थालेपछि विद्यालय बन्द
हेटौँडा : मकवानपुर गढीगाउँपालिका–७, सुकौरस्थित जनता माविमा नियमित विद्यार्थी ढल्न थालेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ।
विद्यालयका प्रधानाध्यापक होमबहादुर नेपालीका अनुसार विशेष गरी ५ र ८ कक्षाका विद्यार्थी नियमित रूपमा ढल्ने, अनौठो क्रियाकपलाप गर्ने, सम्झाउन खोज्दा टोक्ने जस्ता क्रियाकलाप गर्न थालेसँगै बुधबारदेखि तीनदिनका लागि विद्यालय बन्द गरिएको हो।
मंगलबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर योञ्जनको अध्यक्षतामा बसेको बैठकमा जनप्रतिनिधि तथा मनोवैज्ञानिक परामर्शदातासँगको सल्लाहअनुसार विद्यालय बन्द गरिएको हो।
योञ्जनका अनुसार १० दिनदेखि दैनिक केही संख्यामा विद्यार्थी ढले पनि मंगलबार एकैपटक २० भन्दा बढी विद्यार्थी ढलेका थिए। विद्यालयमा १४३ विद्यार्थी अध्ययनरत छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?