सबै जिल्लामा स्वास्थ्य बिमा
काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले चाँडै नै सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने तयारी गरेको बताएका छन्।
प्रदेश ५ पत्रकार समाजद्वारा आयोजित गुल्मीको हुङ्गाकी मिगौला पीडित १३ वर्षीया बालिका बन्दना भण्डारीलाई सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा मन्त्री ज्ञवालीले अहिले २५ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएकाे भन्दै चाँडै नै देशभरका सबै जिल्लामा लागू गर्ने जानकारी दिए।
स्वास्थ्य बिमाले मानिसको जीवनस्तर माथि उठाउन र सरकारले परिकल्पना गरेको समृद्ध नेपाल बनाउन सहयोग पुर्याउने उनले बताए।
कार्यक्रममा मन्त्री ज्ञवालीले बालिका भण्डारी र उनकी आमा लक्ष्मी भण्डारीलाई उपचारका लागि दुबईमा सङ्कलन गरिएको दुई लाख आठ हजार ५०० रूपैयाँ हस्तान्तरण गरेका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?