पाल्पाकाे गेझामा स्वास्थ्य चौकीमा प्रसूति सेवा शुरु
पाल्पा : रामपुर नगरपालिका–१० स्थित गेझा स्वास्थ्य चौकीमा प्रसूति सेवा शुरु भएको छ।
रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले साेमबार सो सेवाको उद्घाटन गर्दै प्रसूति सेवा सुचारु भएसँगै महिलालाई स्वास्थ्य संस्थामा पुगेर प्रसूति गराउन सजिलो हुने बताए। सो अवसरमा सुरक्षित गर्भपतन सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण र पाठेघरसम्बन्धी अन्य सेवासहित अस्थायी परिवार नियोजन सेवाको शिविर सञ्चालन गरिएको थियो।
शिविरमा यस क्षेत्रका १२५ जना नागरिकले सेवा लिएको स्वास्थ्य चौकी प्रमुख विक्रम भण्डारीले जानकारी दिए।







औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम