सात वर्षमा पनि बनेन स्वास्थ चाैकी
अछाम : जिल्लाको बारला स्वास्थ्य चौकी भवन निर्माण सुरु भएको सात वर्षमा पनि पूरा भएको छैन। २०६८ कात्तिकदेखि निर्माण सुरु भएको भवन अहिलेसम्म पूरा नहुँदा सेवा प्रवाहमा समस्या भएको छ।
एक करोड ३२ लाख रुपैयाँ लागतमा १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी जयगौरी आशिष निर्माण सेवाले सम्झौता गरेको थियो। तर, सात वर्ष बित्दा समेत भवन निर्माण कार्य पूरा भएको छैन। निर्माण कार्य पूरा नहुँदा निर्माण भएका संरचना पनि भत्किने थालेको छ। पटक–पटक म्याद थप गरेर कागजी प्रक्रिया पूरा गरे पनि निर्माणको काम भने छ वर्षदेखि ठप्प छ।
समयमै काम सम्पन्न नगरेको भन्दै स्थानीयहरु आक्रोशित छन्। ‘कि त यो काम पूरा गर्नु पर्यो नभए ठेकेदारलाई कारवाही हुनुपर्यो,’ स्थानीय मालिका माविका शिक्षक बमबहादु शाहीले भने ‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा खेलबाड गर्न कसैले पाउँदैन।’ ठेकेदार कम्पनीका प्रमुख तपेन्द्र शाहीले निर्माणको काम आगामी पुसभित्र सम्पन्न गर्ने बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?