विकट गाउँमा स्वास्थ्य एकाइ स्थापना
म्याग्दी : दुर्गम र विकट क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका–६ पाखापानीको रायखोरमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ ।
स्वास्थ्य एकाइ स्थापना भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित रायखोरका बासिन्दालाई सामान्य बिरामी पर्दासमेत तीन घण्टा पैदल हिँडेर पाखापानी र चिमखोला पुग्नुपर्ने बाध्यता हटेको छ।
एकाइबाट रायखोर, मूलपानी र उल्लेरीका ४८ घरधुरीका ५०० जनसङ्ख्या लाभान्वित भएका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिए। एक जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी खटिने एकाइबाट स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सुविधा दिइने उनले बताए।
एकाइ स्थापनाका लागि वडाको प्रस्तावमा गाउँपालिकाले विनियोजन गरेको पाँच लाख रूपैयाँ सहयोगमा स्थानीयवासीले श्रमदान गरेर भवन निर्माण गरेका छन्। स्थानीयले थप चार लाख ५० हजार रूपैयाँ लगानी गरेका छन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?