निर्मलाका बुबालार्इ अार्इसीयूमा राखेर उपचार हुँदै
काठमाडौं : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई आर्इसीयूमा राखेर उपचार थालिएको छ।
महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालको आईसीयूमा मेडिसियन विभागका चिकित्सकहरूले उनको उपचार गरिरहेका हुन्। यसअघि भनिएजस्तो उनमा हाल गम्भीर खालको मानसिक समस्या नरहे पनि लामो समयसम्म तनाव लिँदा देखिने समस्या देखिएको मानसिक रोग विशेषज्ञ डा. सरोज ओझाले बताए।
धेरै तनावको कारणले सामान्य मानिसले भन्दा केही फरक व्यवहार देखिए पनि अहिले उनको व्यवहार सामान्य रहेको उनकाे भनाइ छ।
छाेरीकाे बलात्कारपछि हत्याका दाेषीलार्इ लागि धर्नामा बसेका यज्ञराजको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार काठमाडौं ल्याइएको थियो।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य