एक महिनादेखि ठप्प प्रसूति सेवा सञ्चालनमा
संखुवासभा : जिल्ला अस्पतालमा एकमहिना अघिदेखि बन्द रहेको प्रसूति सेवा आइतबारबाट सुरु भएको छ।
सुरक्षित मातृत्व गराउन रहेका दुई चिकित्सकमध्ये एकको समय अवधि सकिएको र एकजना घर विदामा बसेपछि प्रसूति सेवा दशैँअघिबाट ठप्प भएको थियो। निक साइमन संस्थाले राखेको चिकित्सक डा. युवराज बस्नेतले दशैँ अघि नै समय अवधि सकिएको भन्दै खाँदबारी अस्पताल छाडेका थिए।
प्रसूति सेवा बन्द भएको एक महिनापछि मात्र निक साइमन संस्थाले डा. अनामिका मिश्रलाई जिल्ला अस्पताल संखुवासभामा खटाएको छ। प्रसूति चिकित्सक डा.अनामिका आइतबारबाट हाजिर भएपछि सेवा सुचारु गरिएको अस्पतालका प्रमुख डा. लक्ष्मण खड्काले जानकारी दिए।
२४ सै घण्टे प्रसूति सेवा सुचारु भएपछि जिल्ला बाहिर लैजानु पर्ने बाध्यता हटेको छ। अस्पताल प्रशासनको लापरवाहीले जिल्ला अस्पताल खाँदबारीमा पटकपटक प्रसूति सेवा अवरुद्ध हुने गरेको छ। निक साइमन संस्थाले सुरक्षित मातृत्व गराउन राखेको अर्को चिकित्सक डा. शैलिका श्रेष्ठ कात्तिक ३० गते अस्पतालमा हाजिर हुने भनिए पनि अहिलेसम्म अाइपुगेकी छैनन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?