Health TV Online
Health TV Online
Health TV Online

विषाक्त ग्यास आक्रमणपछि धेरैमा श्वासप्रश्वाससम्बन्धी समस्या

विषाक्त ग्यास आक्रमणपछि धेरैमा श्वासप्रश्वाससम्बन्धी समस्या

सिरियाली शहर अलेप्पोमा विद्रोहीद्वारा शनिबार भएको विषाक्त ग्यास आक्रमण भएको छ। आक्रमणमा परी कम्तीमा १०० जना सर्वसाधारणमा श्वासप्रश्वाससम्बन्धी समस्या भएकाे यहाँको राज्य सञ्चालित सञ्चारमाध्यम तथा अनुगमन समूहले बताएका छन्।

विद्रोहीले भने उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको भन्दै समाचारको खण्डन गरेको छ। आक्रमणपछि श्वासप्रश्वासमा समस्या देखिएको बताउँदै अस्पतालमा उपचारका लागि भर्ना भएका व्यक्तिको सङ्ख्या १०७ पुगेको सिरियाली सरकारी समाचार संस्था, साना न्युज एजेन्सीले  जनाएको छ ।

सिरियाली मानव अधिकारवादी समूह ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले पनि विषाक्त ग्यास आक्रमणका कारण ९४ जना अस्पताल पुगेको जनाएको छ। उक्त समूहले बिरामीमध्ये अधिकांश सामान्य उपचारपछि घर फिर्ता भएको र बाँकी ३१ जनाकोअवस्था सामान्य रहेको तर उनीहरू अस्पतालमा नै रहेर उपचार सेवा लिइरहेका बताएको छ।

साना न्युज एजेन्सीले उक्त आक्रमण विद्रोही समूहबाट भएको समाचार दिएको थियो। अस्पतालमा बिरामीहरूलाई हेरिरहेका एक चिकित्सक जियाद हज ताहले आक्रमणमा क्लोरिन ग्यासको प्रयोग भएको हुनसक्ने देखिएको बताए।

एजेन्सी

थप समाचार