भद्रपुरमा खाेलियाे अाँखा उपचार केन्द्र
झापा : बिर्तामोडस्थित मेची आँखा अस्पतालले भद्रपुरमा सेवा विस्तार गरेको छ। मेची आँखा अस्पताल संघले भद्रपुर नगरपालिका–५ देवीवस्तीमा स्थापना गरेको भद्रपुर आँखा उपचार केन्द्र शुक्रबारदेखि सञ्चालनमा आएको हो।
२२ वर्षअघि स्थापना भएको मेची आँखा अस्पतालले सेवा बिस्तार गर्ने क्रममा भद्रपुरमा उपचार केन्द्र स्थापना गरेको बताएकाे छ। संघले यसअघि मेची अञ्चल अस्पतालमा सातामा दुई दिन सेवा दिँदै आएको थियो।
सेवा बिस्तार भएपछि दैनिक सेवा उपलब्ध हुनेछ। केन्द्रमा ५५ लाख रुपैयाँमा भवन निर्माण गरिएको छ।







औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम