क्षमताअनुसार उत्पादन गर्दैनन् नेपाली अाैषधि उद्याेग
चितवन : नेपालका औषधि उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन्। मागको ७० प्रतिशत नेपाली उत्पादनले धान्न सक्ने भए पनि ४१ प्रतिशत मात्रै उत्पादन हुँदै आएको व्यवसायी बताउँछन्।
नेपाल औषधि उत्पादक संघका केन्द्रीय अध्यक्ष दीपकप्रसाद दाहालले यहीँ उत्पादन हुने औषधि पनि प्रतिस्पर्धाका नाममा आयात गर्दा क्षमताअनुसार नेपाली उद्योगले उत्पादन गर्न नसकेको तर्क गर्छन्।
भारतले त्यहाँका औषधि उद्योगलाई विभिन्न ३५ वटा शीर्षकमा अनुदान दिने भए पनि नेपालमा त्यो व्यवस्था छैन जसका कारण भारतमा उत्पादित औषधि सस्तो हुन्छ। दाहालले विश्वका अधिकांश मुलुकले आफ्नो देशमा उत्पादन हुने औषधिको कच्चा पदार्थ मात्रै विदेशबाट आयात गर्ने भए पनि नेपालमा त्यसो हुन नसक्दा क्षमताअनुसार उत्पादन गर्न नसकेको बताए।
नेपालमा हाल ५३ औषधि उद्योग सञ्चालनमा छन्। १५ उद्योग सञ्चालनको तयारीमा छन्। ती उद्योगमा २५ अर्ब रूपैयाँभन्दा बढी लगानी भएको संघले जनाएको छ। नेपाली उत्पादनले ४१ प्रतिशत धानेको छ भने ४९ प्रतिशत भारतीय र १० प्रतिशत अन्य विदेशी मुलुकबाट औषधि आयात हुँदै आएको छ।
गत आर्थिक वर्षमा मात्रै २५ अर्ब ८१ करोडको औषधि आयात भएको दाहालले जानकारी दिए। यहाँका उद्योगले १८ अर्ब २५ करोड रूपैयाँको औषधि उत्पादन गरेका थिए। भारतबाट मात्रै २१ अर्ब ४२ करोडको औषधि आयात भएको बताइएको छ। आर्थिक वर्ष २०७२\७३ मा ४५ प्रतिशत हिस्सा नेपाली औषधिले धानेको भए पनि गत आर्थिक वर्षमा चार प्रतिशतले कमी आएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’