बिरामी बाेकेकाे एम्बुलेन्स दुर्घटना
दाङ : रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १च ७८१ नम्बरको एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो ।
दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी घाइते भएकाे इलाका प्रहरी कार्यालय अमिलियाले बताएको छ। दमका रोगी जैसीलार्इ उपचारका लागि कोहलपुर लैजाँदै गर्दा गए राति २ बजे दुर्घटना भएको प्रहरीले बताएको छ।
एम्बुलेन्समा बिरामी जैसी, एक बिरामीको आफन्त र चालक सवार थिए। नगरपालिका स्वास्थ्यचौकी सतबरियाको रा १ज १२३ नम्बरको एम्बुलेन्समा बिरामीलाई कोहलपुर पठाइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?