अाफ्नाे बचाउ गर्दै डा. अधिकारीले भने, ‘मन्त्रीज्यूले घुस माग्नुभएकाे हाेइन’
राजीनामा दिनु मेराे अज्ञानता
काठमाडाैं : वीर अस्पतालका न्यूराे सर्जन प्रा.डा. ध्रुवराज अधिकारीले चाकडी खाेजेकाे र घुस मागेकाे भन्दै दिएकाे राजीनामाकाे बचाउ गरेका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै उनले स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अाफूसँग घुस नमागेकाे प्रतिक्रिया दिएका हुन्।
डा. अधिकारीले अाफ्नाे ‘मिस अन्डरस्ट्यान्डिङ’ का कारण मन्त्री यादवकाे प्रतिष्ठामा अाँच अाएकाे भन्दै क्षमासमेत मागेका छन्। अधिकारीले अाफूले पत्रमा कसले चाकडी खाेजेकाे र घुस मागेकाे भन्ने विषय उल्लेख नगरेकाे भन्दै पत्रकारहरूलार्इ बिचाैलियाले माग गरेकाे बताएकाे विज्ञप्तिमा उल्लेख गरेका छन्।
विज्ञप्तिमा पनि उनले ती बिचाैलिया काे हुन् भन्ने उल्लेख गरेका छैनन्। उनले स्वास्थ्य क्षेत्रमा मौलाएको बिचौलियालाई समयमा नै पहिचान यस्ता असहज परिस्थिति हटाउन सम्बन्धित संस्था, समुदाय र व्यक्तिहरूलाई अपिल गरेका छन्।
चाकडी गर्न र घुस दिन नसकेको भन्दै उनले गत साेमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा पत्र बुझाएका थिए। स्वास्थ्यमन्त्री यादवलाई सम्बाेधन गरी बुझाएको पत्रमा चाकडी र घुसको रकम पुर्याउन नसकेकाले राजीनामा दिएको उल्लेख छ।
अाफ्नाे बचाउ गर्दै उनले ‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरामा भएकाे पदस्थापनामा त्यसैवेला रमाना लिर्इ हाजिर हुनुपर्नेमा कानुनी प्रक्रिया र प्रशासनिक विषयवस्तुकाे अज्ञानतावस उक्त अस्पतालमा हाजिर हुन नगएकाले सिर्जित नितान्त व्यक्तिगत समस्या’ भनेका छन्।
हेर्नुहाेस् विज्ञप्ति–






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण