Health TV Online
Health TV Online
Health TV Online

चितवनमा थपिए १३८ एचआर्इभी सङ्क्रमित

चितवनमा थपिए  १३८ एचआर्इभी सङ्क्रमित

चितवन : जिल्लामा १३८ एचआर्इभी सङ्क्रमित थपिएका छन्। भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकियर फाउण्डेसनले सङ्कलन गरेको तथ्याङ्कअनुसार यो वर्ष फेला परेका सङ्क्रमितमध्ये ७० पुरुष, ६३ महिला र पाँच बालबालिका छन् ।

फाउण्डेसनका क्षेत्रीय कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार याे वर्ष सङ्क्रमित १० जनाको मृत्यु भएको छ, जसमध्ये आठ जना पुरुष र दुई जना महिला रहेका छन्। हाल सो कार्यालयबाट एक हजार ६५९ जनाले दर्ता भएका छन् । तीमध्ये ८५३ जनाले एआरभी औषधि खाइरहेको उनले जानकारी दिए। यसमध्ये ३७३ पुरुष, ४०८ महिला र ६९ बालबालिका छन् ।

सन् २०१७ मा १३५ जना नयाँ सङ्क्रमित थपिएका थिए। सन् २००७ मा स्थापना भएको सेन्टरमा यस वर्ष ५६७ जनाको ‘भाइरल लोड’ परीक्षण गरिएको छ भने ६३७ जनाको सिडिफोर गणना गरिएको सापकोटाले बताए।

सेन्टरले यस वर्ष अस्पताल र समुदायमा १३ हजार ३७२ जनाको एचआइभी परीक्षण गरेको थियो । नेपालमा ३१ हजार २० एचआइभी सङ्क्रमित रहेको अनुमान छ। हालसम्ममा १९ हजार ७०२ जना सम्पर्कमा रहेको सेन्टरले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार