सार्वजनिक निजी साझेदारीका कारण नेपालमा ट्रकाेमा निवारण : स्वास्थ्यमन्त्री
काठमाडौं : उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सार्वजनिक निजी साझेदारीका कारण नेपालबाट ट्रकोमा अर्थात् खस्रे रोग निवारण गर्न सम्भव भएको बताएका छन्।
बिहीबार आयोजित ट्रकोमा निवारण समारोहमा मन्त्री यादवले नेत्रज्योति संघ लगायतका अन्य संस्थासँग मिलेर काम गर्दा ट्रकोमा निवारण गर्न सजिलो भएको बताए। ‘जनस्वास्थ्यको क्षेत्रमा हामीले हासिल गरेको यो उपलब्धि सार्वजनिक निजी साझेदारीको उत्कृष्ट उदाहरण हो’, उनले भने।
अन्धोपनको दोस्रो कारण बन्दै आएको आँखामा लाग्ने ट्रकोमा रोग नेपालबाट निवारण भएको समारोहमा सहभागी हुन पाउँदा निकै खुशी लागेको भन्दै उनले अन्य ट्रपिकल रोगहरुमा पनि निजी संस्थाहर”सँग साझेदारी गरी अघि बढ्न सरकार तयार रहेको बताए ।

समारोहमा विश्वा स्वास्थ्य संगठनकी दक्ष्णिपूर्वी क्षेत्रीय निर्देशक डा.पुनम क्षेत्रपाल सिंहले नेपालले ट्रकोमा निवारण गरेर अन्य देशहरुलाई पनि निवारण तर्फ जान हौसला दिएको बताइन्। उनले ट्रकोमा निवारण गर्ने नेपाल दक्षिण पूर्वी क्षेत्रमै पहिलो देश हुन सफल भएकोमा बधाइ दिँदै यो सफलतालाई कायम राख्न आगामी दिनमा निगरानीतर्फ ध्यान दिन समेत सुझाव दिइन्।
समारोहमा नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. तीर्थप्रसाद मिश्रले अन्धोपनको दोस्रो ठूलो कारण बनेको ट्रकोमा निवारण गरे पनि यो उपलब्धि कायम राखि राख्न अझै मेहेनत गर्नुपर्ने बताए। ‘हामी रोग निवारण भयो भनेर चुुप लागेर बसेका छैनौँ । नयाँ रोग देखा पर्छन् की भनेर रणनीति बनाएर अघि बढ्नुपर्ने छ।

कार्यक्रममा संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रले कुनै पनि देशमा ट्रकोमा निवारण भएकाे मानिन कूल जनसंख्याको एकदेखि ९ वर्षका बालबालिकामा ‘एक्टिभ ट्रकोमा’ पाँच प्रतिशतभन्दा कम हुनुपर्ने बताए। ‘ट्रकोमा ट्राइकाइसिस एक हजार व्यक्तिमा एकभन्दा कममा हुनुपर्छ। विश्व स्वास्थ्य संगठनकाे गाइडलाइन्स पूरा गर्न हामी सफल भयाैँ’, उनले भने, ‘जसका कारण ट्रकोमा अाज नेपालमा जनस्वास्थ्य समस्या रहेन।’
कार्यक्रममा ट्रकोमा निवारणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नेत्रज्योति संघ, तिलगंगा आँखा अस्पताल एवं अन्य संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरिएको थियो।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य