दैनिक खानुस् एक काेसा केरा, हुनेछन् यस्ता फाइदा
केरा वृद्धवृद्धादेखि बालबालिकासम्मलार्इ मनपर्ने फल हो। सबै मौसममा सजिलै पाइने केरा खाँदा जति मीठो हुन्छ, त्यति नै स्वास्थ्यका लागि अत्यन्त उपयाेगी पनि। नियमित एक कोसा केरा खाने गर्नाले शरीर स्वस्थ रहनुका साथै शरीरमा ऊर्जा बढ्छ।
केरामा प्रशस्त मात्रामा सुगर र फाइबर, थाइमिन, नियासिन र फोलिक एसिड, भिटामिन ‘ए’ र ‘बी’ पाइन्छ। यी हाम्रो शरीरका लागि नभई नहुने तत्त्व हुन्। केरामा पानीको मात्रा ६४.३ प्रतिशत, प्रोटिन १.३ प्रतिशत, कार्बोहाइड्रेट २४.७ प्रतिशत तथा चिल्लो पदार्थ १.७ प्रतिशत हुन्छ।
यी हुन् नियमित केरा खाँदा हुने फाइदा–
केरामा ‘ट्राइप्टोफान’ नामक ‘एमिनो एसिड’ हुन्छ। यसले मस्तिष्कको स्फूर्ति बढाउँछ। मस्तिष्कसम्बन्धी रोग लाग्न दिँदैन।
केरामा प्रशस्त मात्रामा पोटासियम पाइने हुनाले उच्च रक्तचापका बिरामीलार्इ निकै फाइदा गर्छ।
नियमित केरा सेवनले पेटलाई शीतलता प्रदान गर्छ। पाचन प्रक्रियालाई नियमित गराउन सहयोग गर्छ।
नियमित केरा सेवनले मधुमेहसमेत नियन्त्रण गर्छ।
केरामा अत्यधिक फाइवर पाइन्छ, जसले शरीरमा मोटोपन हुन दिँदैन।
केरामा आइरन भरपूर मात्रामा हुने हुँदा रगतमा हेमोग्लोबिनको मात्रा कम हुन दिँदैन।
नियमित केरा खानाले तनाव कम गराउन सहयोग गर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण