सुरक्षित गर्भपतन गराउने बढे, अविवाहित पनि उल्लेख्य
दाङ : राप्ती अञ्चल अस्पताल तुलसीपुरमा याे आर्थिक वर्षमा हालसम्म ८५ महिलाले निःशुल्क रूपमा सुरक्षित गर्भपतन गराएका छन्।
गर्भपतन गराउनेमा १६ वर्षदेखि २० वर्षसम्मका १५ र अरु २० वर्षमाथिका छन्। यसरी सुरक्षित गर्भपतन गराउनेमा केही अविवाहित पनि रहेको अस्पतालका सूचना अधिकृत कमल सुवेदीले जानकारी दिए।
गत आर्थिक वर्षमा भने सो अस्पतालबाट एक हजार ४८ ले सुरक्षित गर्भपतन गराएका थिए। त्यसमा २० वर्षमुनिका ५९ र २० वर्षमाथिका ९८९ ले निःशुल्क गर्भपतन गराए जसमा सबैभन्दा बढी दाङ, सल्यान, रुकुम र रोल्पा जिल्लाका पनि छन्।
अस्पतालमा सुरक्षित गर्भपतन गराउन आउनेले आफूलाई चिन्ने डरले गर्दा केहीले आफ्नो ठेगानासमेत ढाँट्ने गरेको पाएको छ। अस्पतालमा गर्भपतन गराउँदा सबैल देख्ने र चिन्ने डरले केहीले सरकारले गर्भपतनको लागि कानुनी मान्यता नदिएको ठाउँमा गएर धेरै पैसा खर्च गरी असुरक्षित गर्भपतन गराइरहेका छन्।
अस्पतालका स्त्रीरोग विशेषज्ञ चिकित्सक विनोदसिंहले असुरक्षित गर्भपतनले महिलाको स्वास्थ्यमा जोखिम पर्ने वा ज्यानसमेत जानसक्ने बताए। अविवाहितले पटकपटक गर्भपतन गराउँदा पछि बच्चा नहुनेसमेत उहाँले बताउनुभयो ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य