बैतडीमा २०७ जना एचआर्इभी संक्रमित
बैतडी : जिल्लामा २०० भन्दा बढी एचआर्इभी संक्रमित फेला परेका छन्। जिल्ला स्वास्थ्य कार्यालयको आर्थिक वर्ष २०७४/७५ सम्म तथ्यांकअनुसार २०७ जना संक्रमित छन्।
संक्रमितमध्ये नियमित रूपमा एआरटी सेवा लिने ११० जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन जोशीले जानकारी दिए।
जिल्ला अस्पताल, पाटन र मेलौली प्राथमिक स्वास्थ्य केन्द्रबाट संक्रमितले निःशुल्क एआरटी सेवा लिइरहेका छन्।
सुरक्षित यौनसम्पर्क, सिरिञ्ज, लागूऔषध प्रयोगकर्ता एचआइभी जोखिममा परेको भेटिएको छ।
वैदेशिक रोजगारीमा गएकाहरुबाट पनि एचआइभी सरेको पाइएको छ।







औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम