बैतडीमा २०७ जना एचआर्इभी संक्रमित
बैतडी : जिल्लामा २०० भन्दा बढी एचआर्इभी संक्रमित फेला परेका छन्। जिल्ला स्वास्थ्य कार्यालयको आर्थिक वर्ष २०७४/७५ सम्म तथ्यांकअनुसार २०७ जना संक्रमित छन्।
संक्रमितमध्ये नियमित रूपमा एआरटी सेवा लिने ११० जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन जोशीले जानकारी दिए।
जिल्ला अस्पताल, पाटन र मेलौली प्राथमिक स्वास्थ्य केन्द्रबाट संक्रमितले निःशुल्क एआरटी सेवा लिइरहेका छन्।
सुरक्षित यौनसम्पर्क, सिरिञ्ज, लागूऔषध प्रयोगकर्ता एचआइभी जोखिममा परेको भेटिएको छ।
वैदेशिक रोजगारीमा गएकाहरुबाट पनि एचआइभी सरेको पाइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण