पानीपुरी तथा चटपटे व्यापार गर्न प्रतिबन्ध
बागलुङ : बागलुङ नगरपालिकाले पानीपुरी तथा चना चटपटे व्यापार गर्न प्रतिबन्ध लगाएको छ। स्थानीय बासिन्दाकाे स्वास्थ्यमा नकारात्मक असर पर्ने ठहर्याउँदै नगरपालिकाले चना चटपटले व्यापार गर्न रोक लगाएको हो ।
पानीपुरी तथा चटपटेमा मिसाउने अखाद्य पदार्थले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने र अव्यवस्थित ठेला राखी चटपटे व्यापार गर्दा नगरको साैन्दर्य बिग्रिएको भन्दै नगर कार्यपालिकाको निर्णयअनुसार पानीपुरी तथा चना चटपट प्रतिबन्ध गरेको बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले बताए।
‘’हेर्दा सामान्य निर्णय जस्तो लागे पनि पानीपुरी तथा चटपटेले स्वास्थ्यमा निकै नकरात्मक प्रभाव छ’, प्रमुख पौडेलले भने, ‘व्यापार गर्ने धेरै विकल्प छन्, नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन।’
नगरपालिकाले हालै प्रतिबन्ध लगाएपछि नगरका चोक चोकमा खडा भएका पानीपुरी र चटपटेका पसल पूर्णरूपमा हटेका छन्। हाल बागलुङ बजारमा पानीपुरी तथा चटपटेका ठेला देखिँदैन।
केही पानीपुरी तथा चटपटेका व्यवसायीले अहिले तरकाली तथा फलफूलको व्यापार शुरु गरेका छन्। केही चटपटे व्यापार गर्न छिमेकी जिल्लामा गएका छन्। स्वास्थ्यका लागि निकै बेफाइदा रहेको पानीपुरी तथा चना चटपटे व्यापारलाई प्रतिबन्ध लगाउने नगरपालिकाकाे कदमकाे नगरवासीले भने स्वागत गरेका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य