हुम्ला अस्पताल नर्सविहीन
हुम्ला : जिल्ला अस्पताल हुम्ला नर्सविहीन बनेको छ । हाल भएका एकजना पनि सरुवा भएर काठमाडौं गएपछि अस्पताल नर्सविहीन बनेको हो । दुईजना नर्सको दरबन्दी रहे पनि एक जनाले मात्र काम गर्दै आएकी थिइन् ।
जिल्ला अस्पताल हुम्लाका चिकित्सक डा.टर्सी आङजोक लामाले दुईजनाको दरबन्दी भए पनि एकजना नर्स एक वर्षदेखि जिल्लामा नआएको जानकारी दिए । उनले दुई जना र एकजना अनमीले मात्र जिल्ला अस्पताल चलाउँदै आएको बताए ।
स्वास्थ्यकर्मीको संख्या कम भएकाले काममा समस्या भएको चिकित्सकले बताए । जिल्ला अस्पताल हुम्लामा नवौँ र आठौँ तहका गरी दुई स्थायी चिकित्सक र आवश्यकताअनुसार कर्मचारी हुनुपर्नेमा दुई चिकित्सक र एक अनमीको भरमा अस्पताल चलेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?