Health TV Online
Health TV Online
Health TV Online

तनहुँमा भेटिए डेङ्गु संक्रमित चार जना

तनहुँमा भेटिए डेङ्गु संक्रमित चार जना

दमौली : तनहुँको भीमादमा डेङ्गुका चार बिरामी भेटिएका छन्। नियमित ज्वरो आएपछि पोखराको फेवासिटी अस्पतालमा उपचार गराउन गएका उनीहरूमा डेङ्गु सङ्क्रमण भएको पुष्टि भएको हो।

डेङ्गुको सङ्क्रमण हुनेमा एकै घरका तीन दाजुभाइ हुन्। भीमाद नगरपालिका–६ का निरोज खनाल, सरोज खनाल र मनोज खनाललाई केही दिनदेखि नियमित ज्वरो आएपछि पोखरास्थित फेवासिटी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा डेङ्गु भएको पुष्टि भएको हो। तीनै जना भीमाद नगरपालिकाका उपप्रमुख शारदा खनालका छोरा हुन्।

नाम नखुलेका भीमादकै अर्का एक जनालाई पनि डेङ्गु भएको बताइएकाे छ। बिरामीमध्ये निरोज र मनोज फेवासिटीमा उपचारपश्चात् घर फर्किएका छन्। सरोजकाठमाडौँको मेडिसिटी अस्पतालमा उपचाररत छन्।

भीमाद महोत्सवका लागि तराईबाट रमाइलो मेलाको सामग्री ल्याउने क्रममा सामानसँगै लामखुट्टे पनि भित्रिएको र तिनैले टोकेर डेङ्गु फैलिएकाे आशंका गरिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार