अस्पतालमा बन्दुकधारीको आक्रमण, चारजनाको मृत्यु
अमेरिकी शहर शिकागोमा अवस्थित शिकागो अस्पतालको सवारी पार्किङस्थलमा भएको विवादपछि भएको गोली काण्डमा एक प्रहरी अधिकारीसहित चार व्यक्तिको मृत्यु भएको छ।
उक्त अस्पतालको सवारी पार्किङस्थलमा एकजना व्यक्तिले विवाद शुरु गरेको थियो । पछि उसैले त्यहाँ रहेका प्रहरीमाथि गोली प्रहार गरेको थियो ।
गोली लागेर अस्पतालका दुई महिला कर्मचारीको ज्यान गएको छ। एक कर्मचारीको पार्किङ स्थलमा नै मृत्यु भएको हाे भने अर्की एकजनालाई लिफ्टबाट ओर्लिँदै गर्दा गोली हानिएको थियो।
पछि भने सो गोलीकाण्डलाई नियन्त्रणमा लिन प्रहरीले गोलाबारी गर्नुपरेको थियो। अस्पतालमा पार्किङ इलाकामा भएको गोलीकाण्डमा चारजनाको ज्यान गएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
स्थानीय समयानुसार सोमबार दिउँसो ३ बजे शिकागोको मर्सी अस्पतालमा याे गोलीकाण्ड भएको थियो। प्रहरीकाअनुसार बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौँ राउण्ड गोली चलाएको थियो ।
सुरक्षाको कारण घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएसँगै मर्सी अस्पताललाई खाली गराइएको थियो। अस्पतालले दर्जनौँ बिरामी र स्वयम् अस्पतालको सुरक्षा सुनिश्चित गर्न प्रहरी सफल भएको बताएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण