डा. केसी भाेलि डिस्चार्ज हुने
काठमाडौं : स्वास्थ्यमा सुधार अाएपछि चिकित्सक गोविन्द केसीलार्इ डिस्चार्जकाे तयारी गरिएकाे छ। स्वास्थ्यमा समस्या आएपछि उनी मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रासप्लान्ट सेन्टरमा उपचाररत छन्।
उपचारमा संलग्न डा. अरुण सायमीले उल्लेख्य सुधार आएकाले उनलार्इ डिस्चार्ज गर्ने तयारी भएको सायमीले जानकारी दिए। केसीकाे मुटुको नसामा समस्या देखिएकाले उनकाे कोरोनरी एन्जियोग्राफी गरेकाे उनले बताए। केही समय औषधी खाएपछि ठिक हुने उनकाे भनाइ छ। चिकित्सकका अनुसार डा.केसी भाेलि डिस्चार्ज हुनेछन्।
डा. केसी छाती दुख्ने समस्या आएपछि सोमबार अस्पताल भर्ना भएका थिए। डा. केसी पछिल्लोपटक २७ दिन लामो अनशनमा बसेका थिए। सरकारसँग गरिएका सहमति पूरा नभएकाे भन्दै उनी १६औँ अनशनको तयारी गर्दै थिए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य