जिल्ला जनस्वास्थ्य कार्यालय प्रदेश स्वास्थ्य कार्यालयमा परिणत
काठमाडाैं : प्रदेश सरकारले प्रदेश स्वास्थ्य कार्यालय स्थापनाको काम सुरु गरेको छ। गत असार २ गते स्वीकृत संरचनाअनुसार सोमबार प्रदेश ३ का काठमाडौं, भक्तपुर र ललितपुरका सबै जिल्ला जनस्वास्थ्य कार्यालय खारेज भएका हुन्।
प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले काठमाडौं जनस्वास्थ्य कार्यालयमा प्रदेश ३ स्वास्थ्य कार्यालयको उद्घाटन गरे।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक मोहमद दाउदले प्रदेश ३ अन्तर्गतका रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र चितवनमा पनि प्रदेश स्वास्थ्य कार्यालयले काम गर्ने र जिल्ला जनस्वास्थ्य कार्यालयहरू खारेज हुने जानकारी दिए ।
नयाँ संरचनाअनुसार सात वटा मन्त्रालय, ७ वटा प्रदेश स्वास्थ्य निर्देशनालय, ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने दाउदले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?