पाल्पामा ३०० जना एचआर्इभी प्रभावित
बेझाड : पाल्पामा ३१७ जना एचआर्इभी सङ्क्रमित फेला परेका छन्। आर्थिक वर्ष २०७४\७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित बिरामी नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए।
सङ्क्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना बिरामी छन्। जिल्लाको मिसन अस्पतालबाट सङ्क्रमितले निःशुल्क एआरटी सेवा लिइरहेका छन्। जिल्लामा करlब ४१ जना एचआइभी सङ्क्रमित खुलेर हिँड्ने गरेका छन्।
विभिन्न लाञ्छनाका कारणले समाजमा सङ्क्रमित बिरामी खुल्न हिचकिचाउने गरेका छन्। विगतकाे तथ्याङ्कलाई हेर्दा अहिले समाजमा खुल्नेको सङ्ख्यामा सुधारअाएकाे देखिन्छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?