‘एन्टिबायोटिक औषधिको दुरुपयोग रोक्न जरूरी’
काठमाडौं ः स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले एन्टिबायोटिक औषधिको बढ्दो दुरुपयोग रोक्न नसके नेपालजस्ता विकासोन्मुख मुलुक ठूलो समस्यामा पर्ने बताएका छन्।
विश्व एन्टिवायोटिक्स सचेतना सप्ताहको अन्तिम दिन सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री यादवले एन्टिबायोटिकको गलत प्रयोग रोक्न नीति बनाउने तयारीमा रहेको बताए।
उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको नेतृत्वमा देशभरका विभिन्न २२ वटा अस्पतालका प्रयोगशालामार्फत औषधि प्रतिरोधी जविाणुहरूको फैलावट स्थिति अध्ययन गर्न सर्भिलेन्स कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिए।
कार्यक्रममा क्लिनिकल फर्माकोलोजिस्ट डा.शतीश देवले एन्टिवायोटिक्सको दुरुपयोग रोक्न सरकारले उचित नीति बनाउन आवश्यक रहेको बताए। यसलाई प्राथमिकतामा राखेर बजेट छुट्याएर काम गर्न जरुरी रहेको उनको भनाइ छ।
कार्यक्रममा विज्ञहरूले एक व्यक्तिमा भएको रोग एन्टिबायोटिक खाएर निको भइसकेपछि अर्को त्यस व्यक्तिबाट अर्को व्यक्तिमा रोग सर्दा सोही एन्टिबायोटिकले काम नगर्ने जानकारी दिए।
‘एन्टिवायोटिक्स प्रयोग गर्नुअघि सोचौँ। चिकित्सकको सल्लाहमा मात्र एन्टिवायोटिक्सको प्रयोग गरौँ। यसको दुरुपयोगले हामी सबैलाई जोखिममा पार्छ।’ नाराका साथ यो वर्षको विश्व एन्टिवायेटिक्स सचेतना सप्ताह मनाइएको हो।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य