चिकित्सक नहुँदा शल्यक्रिया सेवा प्रभावित
सल्यान ः चिकित्सक नहुँदा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा प्रभावित भएको छ। दुई साता यता चिकित्सक नहुँदा बिरामीहरू मर्कामा परेका हुन्।
अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले पठाएका डाक्टरले शल्यक्रिया सेवा दिँदै आएको थियो। कात्तिक १४ गते डाक्टरको समयावधि सकिएको र अर्को चिकित्सक नभएकाले सेवा प्रभावित भएको स्वास्थ्य कार्यालयका प्रमुख डा.अर्जुन बुढाले बताए।
चिकित्सक अभावमा यस अवधिमा शल्यक्रिया गर्नुपर्ने अवस्थाका २५ जना बिरामी दाङ रिफर गर्नु परेको डा. बुढाले जानकारी दिए। शल्यक्रिया गर्ने चिकित्सकको अभाव हुँदा बिरामीलाई सास्ती खेप्नु परिरहेका उनले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?