डा. केसी अस्पताल भर्ना
काठमाडौं : डा. गोविन्द केसी स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। छातीमा अत्यधिक दुखाइका कारण केसीलाई सोमबार बिहान ४ बजे त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको बताइएको छ।
स्वास्थ्यमा समस्या अाएपछि बिहानै अस्पताल पुगेका डा. केसीलाई चिकित्सकले भर्ना हुनुपर्ने बताए पनि शुरूमा उनले मानेका थिएनन्। उनलाई सीसीयूमा राखेर एक दुई दिन उपचार गर्नुपर्ने भएका कारण भर्ना गरिएको मुटुरोग विशेषज्ञ डा अरुण सायमीले बताए।
पटकपटक गरेर १५ पटकसम्म अनशन बसेका केसी पछिल्लोपटक २७ दिन लामो अनशनमा भएका सहमतिका माग पूरा नभएपछि १६ औँ अनशनको तयारीमा छन्। बढ्दो उमेर र छोटो समयमा पटकपटकको अनशनले गर्दा पछिल्लो समय उनको स्वास्थ्य कमजोर बन्दै गएको बताइएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण