क्रिटिकल केयरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
काठमाडौं : क्रिटिकल केयरसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। आईसीयूमा काम गर्ने चिकित्सक तथा नर्सहरूको अन्तर्राष्ट्रिय स्तरमा अनुभव , ज्ञान र सीप साटासाट गर्न आयोजित सम्मेलन शनिवार सम्पन्न भएको हो।
‘अन्य देशमा के कस्ता प्रविधिहरु प्र्रयोग भइरहेको छ, हामी कहाँ छौँ भन्ने बुझ्न सम्मेलनले सजिलो भएको छ’, अायाेजक समितिका अध्यक्ष डा. लवनरसिंह जोशीले भने, ‘क्रिटिकल केयरमा विश्वले भोगिरहेको चुनौतीका विषयमा छलफल एवं निकासका लागि पहल प्रयास समेत भयो।’

सम्मेलनमा क्यानडा, न्यूजिल्याण्ड, थाइल्याण्ड, श्रीलंका,अष्ट्रेलिया, भारत, बंगलादेश लगायतका विशेषज्ञ चिकित्सक एवं नर्सहरूको सहभागिता थियो। उनीहरूले विभिन्न विधामा प्रस्तुति दिएका थिए।
क्रिटिकल केयरका चिकित्सक डा. सुवास आचार्यले नेपालमा क्रिटिकल केयर प्राथमिकतामा पर्न नसकेको बताए।
‘यस्ता खालका सम्मेलनले पनि सरकारको ध्यानाकर्षण गराउँछ’, उनले भने, ‘नेपालमा आर्इसीयूमा काम गर्ने दक्ष स्वास्थ्यकर्मीकाे कमी छ। त्यसलाई बढाउँदै लग्नुपर्छ।’ अर्का चिकित्सक प्रमेशसुन्दर श्रेष्ठले सम्मेलनले ‘अपडेट’ हुनका लागि धेरै नै सहयोग गरेकाे बताए।

सोसाइटीले नयाँ कार्यसमिति पनि चयन गरेको छ। नेपलिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनले सम्मेलन अायोजना गरेको हो। सोसाइटीले प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन गर्दै आएकाे छ। यो तेस्रो सम्मेलन हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण