रेबिज रोगले गाउँ नै प्रभावित
बेत्रावती : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीमा रेबिज रोगको प्रकोप फैलिएको छ।
गाउँका छाडा कुकुरमा देखा परेको रोगबाट अहिले बालकुमारीको माँझगाउँबस्ती प्रभावित भएको र अन्य स्थानमा पनि फैलिन सक्ने भएकाले नियन्त्रणको प्रयास जारी रहेको गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए।
उनका अनुसार केही दिनअघि रेविज लागेको कुकुरले स्थानीय वसुदेव थापाको पशुचौपायलाई खुवाउने भाँडाको पानी खाएर त्यहीबाट फैलिएको रोगले अहिले सिङ्गो गाउँ नै प्रभावित भएको हो।
कुकुरले खाएको पानी खुवाउँदा थापाको भैँसी मरेको छ भने गाउँमा चार वटा कुुकुर मरेको अवस्थामा भेटिएका छन्। ती मर्नुका कारण रेविज रहेको पुष्टि भएकाले नियन्त्रणका लागि खोप अभियान चलाउन थालिएको अध्यक्ष तामाङले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?